सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

प्रचण्डले अपनाएको रणनीति देशका निम्ति उपयुक्त छैन : आचार्य

काठमाडौँ /

पूर्व राजदूत निलाम्बर आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठुला राजनीतिक दलहरूलाई जोडिन नदिने रणनीति बनाएको टिप्पणी गरेका छन् ।

IVF Big

आचार्यले सामाजिक सञ्जालमार्फत प्रचण्डले दुई ठुला राजनीतिक शक्तिलाई जोडिन पनि नदिने र कुनैलाई एक्लै बलियो बन्न पनि नदिने रणनीति अपनाएको बताएका हुन् ।

‘प्रचण्डजीले दुई ठुला राजनीतिक शक्तिलाई जोडिन पनि नदिने र कुनैलाई एक्लै बलियो बन्न पनि नदिने रणनीति अपनाएको देखिन्छ ’, आचार्यले भनेका छन्, ‘देशको निम्ति यो उपयुक्त छैन ।’

उनले यस्तो अवस्थामा तेस्रो शक्ति उदाउने तत्काल सम्भावना पनि नरहेको बताएका छन् । ‘देशलाई अरू कमजोर बन्न नदिने हो भने कांग्रेस र एमालेले आफ्ना नीतिमा पुनरावलोकन गर्नुपर्छ’, आचार्यको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.