सुचना, समाचार र मनोरन्जन

यस्तो छ राजेशपायलको ‘मनको सारङ्गी’ (भिडियो)

काठमाडौं :

गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ। सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन्।

यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ। नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन्। रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो। गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन ।

Leave A Reply

Your email address will not be published.