सुचना, समाचार र मनोरन्जन

रन्जिता श्रेष्ठलाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं /

नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ।

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो।

Pach Pandav

संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ। रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ। प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ। लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्।

यसअघि गंगाराम प्रमुख सचेतक थिए। प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन्।

Leave A Reply

Your email address will not be published.