सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पल, आर्यन, परीक्षा र विकास हङकङ पुग्दा दर्शकको ओइरो, ‘पुजार सार्की’को ग¥यो रेकर्ड ब्रेक

काठमाडौं :

फिल्म ‘पुजार सार्की’ले हङकङमा रेकर्ड ब्रेक गरेको गरेको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित हलमा पुगेपछि दर्शकको ओइरो लागेको थियो।

कलाकार हलमा आएको थाहा पाएपछि फिल्म हेर्ने दर्शकको अत्यधिक चाप देखिन्थ्यो। त्यहाँ पुगेका लेखक विकास सुवेदीले फिल्मको व्यापारमा नै नयाँ रेकर्ड राखेको बताए।

उनले पत्रकारसँगको कुराकानीमा भने,‘हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यहाँ प्रायः सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो।’

IVF Big

सुवेदीका अनुसार फिल्मले व्यापारिक हिसाबमा पनि रेकर्ड कायम गरेको दाबी गरे।

‘यसअघि हङकङमा ‘जारी’ फिल्मले दर्शक उरालेको रहेछ,’उनले भने,‘ यस पटक ‘पुजार सार्की’मा व्यापक दर्शक आए। ‘जारी’को रेकर्ड पनि यो फिल्मले तोडेको छ। राम्रो नेपाली फिल्म रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो।’

उनले थपे,‘यहाँ दुई वटा हलमा फिल्म प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए। हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन।’

उनले फेरी अर्को शो को आयोजना गरेर बाँकी दर्शकलाई देखाउने बताए। उनले नेपाली समुदाय बस नै रिजर्भ गरेर फिल्म हेर्न आएको बताए।
व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए। फिल्मका कलाकारहरूसँग बसेर फिल्म हेर्न पाउँदा दर्शक दङ्ग देखिए। हङकङको लागि बिरेन थापा ’बिरे’ले यो फिल्म प्रदर्शन अधिकार लिएका छन्।

नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गते प्रदर्शनमा आएको थियो। यो फिल्मले ब्लकबस्टर व्यापार गरेको फिल्म निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन। दिनेश राउतले निर्देशक गरेको यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.