सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

राष्ट्रिय युवा संघ नेपालले सुरु गर्यो ‘एक युवा पाँच बिरुवा’ कार्यक्रम

पोखरा /

मदन जयन्तीको ७३ औ स्मृति दिवसको अबसरमा राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश सुरु भएको छ ।

संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल, कास्की जिल्ला कमिटीले वृक्षारोपण गरेको छ । पोखरा -२६ स्थित शिव आधारभुत विद्यालयमा विभिन्न जातका ४८४ बिरुवा रोपिएको कास्की जिल्लाका संयोजक शंकर पौडेलले बताए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संघका संस्थापक केन्द्रिय सदस्य, पार्टीका स्थाइ कमिटी सदस्य तथा निबर्तमान मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम शुभारम्भ भएको थियो। अधिकारीले राष्ट्रिय युवा संघ नेपालले विपत्तिमा नेपाली जनताका समस्याका समाधानको निम्ति अग्रणी भूमिका निर्वाह गरेको स्मरण गर्दै सिङ्गो नेतृत्वलाई बधाई दिए।

IVF Big

पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पुर्ब केन्द्रिय अध्यक्ष राजिब पहारीले अहिले वातावरणमा अनेक खालका समस्या भई रहेको बताउदै कहिले अति वर्षा त कहिले खडेरी मात्र जसले गर्दा मानव जिवनलाई नै धेरै कष्ट बनाइरहेको र यसलाई बिरुवा रोपेर न्यूनीकरण गर्न सकिने बताए ।

संगठनका स्थाई कमिटि सदस्य तथा गण्डकि प्रदेश इन्चार्ज विकास अधिकारीले बृक्षारेापण पनि एउटा पबित्र कार्य भऐकाले यो राष्ट्रिय कार्यक्रम गण्डकि प्रदेशको जिल्ला, पालिका हुदै वडा स्तर सम्म पुर्याउने येाजना रहेकेा बताउदै उक्त कार्यको थालनी पेाखरा-२६ नं वडा बाट गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ्ग, महासचिब सुमन पूरीले राष्ट्रिय युवा संघ नेपालले ३ लाख बिरुवा रोप्नने योजना रहेको बताउँदै यसलाई सफल बनाउन सबैले सहयोग गर्न आवस्यक रहेको कुरा औँल्याउँदै यो मौसम वृक्षारोपणको लागि उपयुक्त रहेको र यो झरीमा पनि भव्य उपस्थितिमा कार्यक्रम गरेकोमा जिल्ला अध्यक्ष शंकर पौडेललाई बधाई दिँदै आगामी दिनमा थप सृजनशिल कार्य गर्न प्रेरित गरेका थिए । साथै यो अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.