सुचना, समाचार र मनोरन्जन

हसन राईको ‘मखमली चोली’ कृस र उषाको रोमान्स

काठमाडौँ :

हसन राईको स्वरमा रहेको ‘मखमली चोली’गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई लगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन्।

हसनको ‘मखमली चोली’ भिडियो सार्वजनिक कार्यक्रममा संगीतकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो। गीतकार आनन्द अधिकारी,संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का,गायक सिताराम पोखरेल,संगीतकार डक्टर किराँत,कलाकार बिष्णु रिजाल, गायक रुपकुमार राई लगाएत थुप्रैको उपस्थिति रहेको थियो।

गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत र फडिन्द्र राईको संगीत संयोजन रहेको छ। लोक लयमा बनेको गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन्। उत्सव दाहालले खिचेको यस भिडियो सम्पादन सौखिन तिमल्सिनाको छ। रेस्क्यु क्रियसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ र उषा तामाङ फिचर्ड भिडियो मौलिक बनेको छ। लाहुरेको कथामा बनेको भिडियोमा लाहुरे संगको माया प्रीतिको कथालाई प्रस्तुत गरिएको छ। भिडियोका निर्माता प्रयास राई हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने अतिथिहरुले भिडियो उत्कृस्ट बनेको र हसन राईको स्वर राम्रो भएको बताए। प्रमुख अतिथि कुलपति राईले एक प्रतिभावान गायक हसनलाई संगीत क्षेत्रले पाएको बताए। भिडियो रोशन राई ‘पालुवा स्टार’ को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.