सुचना, समाचार र मनोरन्जन

पोखरा २७ दिपाङ्ग तालको डुवानमा फसेका चार जनाको सकुशल उद्धार,एक जनाको मृत्यु

पोखरा/

पोखरा महानगर २७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद उध्दार टोलिले सकुशल उद्धार गरेको छ।

Chaka Panja

जिल्ला गुल्मी स्थायी वतन भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका बर्ष ५४ का राम बहादुर अधिकारी, ३९ वर्षिय सृजना अधिकारी, वर्ष ६ को आयुष अधिकारी र ४ वर्षकी आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

बुधवार विहान ४ बजे पोखरा २७ सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर देखी २० मिटर माथिबाट पहिरो खसी घर कोठा पुरिदा  ५० वर्ष की कमला थापालाई डाडाकोनाक प्रहरी र स्थानियले सकुसल उद्धार गरेको थियो। उनका २२ वर्षिय छोरा भिम बहादुर थापालाई सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले विहान करिव ७ बजे मृत अवस्थामा  उद्धार गरेको  गणपति एसपी शर्माले जानकारी दिएका छन।

Leave A Reply

Your email address will not be published.