सुचना, समाचार र मनोरन्जन

११ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब साढे ५६ अर्ब रुपैयाँ

काठमाडौँ /

चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ रहेको छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ तथा नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । जेठसम्म प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अधिक तरलताका कारण बैंकहरुको नाफा घट्दो क्रममा रहेको छ ।

Leave A Reply

Your email address will not be published.