सुचना, समाचार र मनोरन्जन

तेस्रो ‘श्री आमा नेशनल अवार्ड’मा सन्तोष र घनश्याम बने उत्कृष्ट नव नायक र लोकप्रिय निर्देशक

काठमाडौं :

‘श्री आमा नेशनल अवार्ड २०८१’को नव नायकको अवार्ड पोखराका सन्तोष अधिकारीले चुमेका छन्। आमा तिलकुमारी मिडियाद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा अधिकारीले फिल्म‘चित्रा’बाट उत्कृष्ट नव नायकको अवार्ड प्राप्त गरेका हुन्।

Pach Pandav

शनिवार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।सोही फिल्मबट लोकप्रिय निर्देशकको रूपमा घनश्याम लामिछानेले अवार्ड उचाले ।

यस्तै बाल कलाकारमा प्रिन्सु पोखरेल, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलि चलचित्रमार्फत मरिचमान श्रेष्ठ (बल्छी धु्रबे) सिनियर अभिनेतामा देशभक्त खनाल,सिनियर अभिनेत्रीमा मिथिला शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेनले सम्मानित भए।
यसै गरि लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवादमा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।

यस वर्षको श्री आमा नेशनल अवार्ड कार्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भएका छन्। यो कार्यक्रममा पूर्वी रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न सांस्कृतिक र साङ्गीतिक प्रस्तुति रहेको थियो। कार्यक्रमको रौनक निकै राम्रो देखिएको थियो।

Leave A Reply

Your email address will not be published.