सुचना, समाचार र मनोरन्जन
Sarangi

जनप्रियमा विज्ञानका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा /

पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विज्ञान सङ्कायका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिकी सदस्य एवम् राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको प्लस टु व्यवस्थापन समितिकी संयोजक नम्रता बरालले विद्यार्थीले समयको उचित व्यवस्थापन गरी इमान्दार, कर्तव्यनिष्ठ, परिश्रमी र लगनशील भएर अध्ययन गरे चाहेको परिणाम ल्याउन सकिने बताइन । बरालले नयाँ कुराको आविष्कार गर्ने, नयाँ सिर्जनात्मक कार्य गर्ने र अध्ययनमा क्रियाशील भई उदारहणीय बन्नका लागि विद्यार्थीलाई प्रेरित गरेकी थिइन ।

विशिष्ट अतिथि निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जनप्रिय बहुमुखी क्याम्पस शैक्षिक क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल भएको हुँदा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गरे । खड्काले भने देशभरिका सामुदायिक क्याम्पसहरूमा जनप्रियले २ पटक शिक्षा मन्त्रालयबाट सर्वोकृष्ट पुरस्कार पाएको हुँदा यसको साख पोखरामा मात्रै नभई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा ब्राण्ड बनेको बताए ।

विज्ञान कार्यक्रम संयोजक गणेश चालिसेले नवआगन्तुक विद्यार्थीलाई क्याम्पसको नीति नियम तथा विद्यार्थीको कर्तव्य, जिम्मेवारी र पालना गर्नुपर्ने आचारसंहिताको बारेमा प्रकाश पार्दै विद्यार्थीको भविष्यलाई सुन्दर बनाउन क्याम्पस परिवार कटिबद्ध रहेको धारणा राखे ।

अभिमुखीकरण कार्यक्रमको सञ्चालन गर्दै उपप्राध्यापक कृष्णप्रसाद बाँस्तोलाले क्याम्पसको परिचय प्रस्तुत गरेका थिए । नवआगन्तुक विद्यार्थीलाई अङ्गे्रजी विभागका प्रमुख उपप्राध्यापक टंकराज बरालले स्वागत गरेका थिए । नवआगन्तुक विज्ञानका विद्यार्थीलाई प्रमुख अतिथि नम्रता बराल र निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले खादा र टिका लगाई कलम दिएर स्वागत गरेका थिए ।

उपप्राध्यापक रामबाबु मण्डलले साधन स्रोतले पूर्ण जनप्रिय क्याम्पसमा आफ्नो भाग्य र भविष्य कोर्ने सुनौलो अवसरलाई सदुपयोग गर्न अनुरोध गरेका थिए । भौतिकशास्त्रका सञ्जय बराल, अर्जुन चपाईं, गणितका शालिकराम अधिकारी, रसायनशास्त्रका रमेशकुमार पौडेल लगायका प्राध्यापकले विज्ञानका विद्यार्थीलाई अब्बल सावित हुन शुभकामना दिएका थिए । प्लस टु कार्यक्रम संयोजक गणेश चालिसेको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.