पोखरा/
लायन्स अन्तरास्ट्रीय ,डिस्ट्रिक ३२५ एम ,क्लस्टर एक अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन । क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लवका सदस्य एव शुभचिन्तकहरुको उपस्थिति एव सहयोगमा ब्याज रकमबाट विपन्नतामा परेका र बिपदमा परेका दुइ जनालाई सहयोग गर्ने गरी अक्षरुपि दुइ लाख वाइस हजार दुइ सय वाइस रुपैया को अक्षयकोष निर्माण गरेको छ। क्लवका अध्यक्ष खेमराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सिग्नेचर प्रोजेक्ट एक्सपर्ट शारादामोहन काफ्ले, क्लस्टर १ का क्लस्टर चिफ लक्ष्मण तिमिल्सिना, रिजन १ का रिजन चियर पर्सन लक्ष्मी कोइराला, जोन चेयर पर्सन सम्झना रानाभाट, पुर्व अध्यक्ष राम प्रसाद तिमिल्सिना, सन्तोष शर्मा, कार्यक्रम संयोजक राजु पौडेल लगाएतको बिशेष उपस्थितिमा कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ । कोष घोषणा कार्यक्रमको संचालन क्लवका सचिव छवि पनेरुले गरेका थिए ।
क्लस्टर एक अन्तर्गत पर्ने लायन्स क्लव अफ राइजिंग स्टारको आयोजनामा मादीमा पहिरोमा परेका पिडितहरुलाई खाद्यान्न वितरण सम्पन्न भएको छ। राहत हस्तान्तरण कार्यक्रम क्लवका अध्यक्ष थमन सिह गुरुङको अध्यक्षतामा ,एव डिस्ट्रिक ३२५ एमका फर्स्ट भाइस गभर्नर धनीराम बरालको प्रमुख आतिथ्यता ,रिजन चेयर पर्सन फणिन्द्र राज शर्माको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ्र कायक्रममा पिडितहरुलाई खाद्यान्न सहायता संगै मादी गाउपालिका ११ तल्लो सापले निवासी पहीरोपिडित ओमबहादुर गुरुङलाइ पचास हजार पाच सय पचपन्न रुपैया आर्थीक सहयोग गरीएको कुरा जोन चेयर पर्सन रामचन्द्र पौडेल रामुले जानकारी दिएका थिए ।
बिरौटा साझा चौतारीको आयोजनामा पोखरा १७ हरीहर मन्दीरमा खाद्यान्न एव पानी वितरण गरीएको छ। क्लवका अध्यक्ष मेनका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रीक ३२५ एम का सिग्नेचर प्रोजेक्ट चिफ कुलचन्द्र शर्मा ,क्लवका पुर्व अध्यक्ष दुर्गा आचार्य ,मन्दीर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी एव पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
लायन्स क्लव अफ कालिका भ्यु टाउनको आयोजनामा पोखरा २८मा ५३ वटा विरुवा रोप्नुको साथै गोडमेल कार्य गरीएको छ। क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा एव डिस्ट्रिक सेक्रेटरी शिवराज आचार्यको प्रमुख आतिथ्यता, क्लस्टर १ का क्लस्टर प्रमुख लक्ष्मण तिमिल्सिनाको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ्र कार्यक्रममा रिजन चेयर पर्सन युवराज पौडेल ,जोन ६ का जोन चेयर पर्सन श्याम प्रसाद तिमिल्सिना ,क्लवका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।