सुचना, समाचार र मनोरन्जन

रेबान पोखराको अध्यक्षमा विश्वराज पौडेल

पोखरा/

 विश्वराज पौडेल रेबान पोखराको अध्यक्षमा निर्वाचित भएका छन् ।  शुक्रबार भएको  रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको ३० औ वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनबाट निर्वतमान अध्यक्षमा नरेश भट्टराई, प्रथम उपाध्यक्षमा वसन्त गौतम, द्वित्तीय उपाध्यक्ष विकास भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्ष रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका हुन ।

कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु वानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई रहेका छन ।

सोही अवसरमा बोल्दै निर्वतमान अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा पोखरालाई पर्यटकीय राजधानी घोषणा हुनु गौरवको कुरा भएको बताए । रेवनले आफ्नो सडक महोत्सव, मिनी पर्यटन दिवस, फागु उत्सव र तालिम गोष्ठी सफलताका साथ गर्दै आएको बताए । लेकसाइडलाई टुरिजमको हबका रुपमा विकास गर्न रेबानले कुनै कसर बाँकी नराखेको उनको भनाइ थियो ।

नेपाल टुरिजम बोर्ड गण्डकीका प्रमुख नवीन पोखेलले राज्यका पर्यटनको याकिन तथ्यांक राख्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि धनराज आचार्यले पोखरालाई टुरिजमको हबका रुपमा विकास गर्न अझै पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.