सुचना, समाचार र मनोरन्जन

५ करोड लगानीमा निर्माण हुँदै ‘पिताम्बर’,दोस्रो चरणको छायांकन भदौमा

काठमाडौं :

पहिलो चरणको छायांकन सकेको फिल्म पिताम्बर’को दोस्रो सेड्युल पनि तयार पारिएको छ। निर्माण टिमले दोस्रो चरणको छायांकन भदौको पहिलो साताबाट थाल्ने गरि काम अगाडि बढाएको हो।

भदौबाट फ्लरमा निस्किन लागेको यस फिल्मको यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा फिल्मको वर्कसप अभिनेता प्रदीप खड्कासहितको टिम जुटेको छ। वर्कसपको काम धमाधक अगाडि बढिरहेको यसै फिल्मकी निर्देशक कृषा चौलागाईले बताईन्।

यो फिल्म निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पछि दोस्रो निर्देशकियमा निर्माण भइरहेको हो। फिल्ममा प्रदीपका अलवा सौगात मल्ल,आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट,गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। प्रदीप भारद्धाजको लेखनमा निर्माण भइरहेको यस फिल्मको निर्माता विशाल चौलागाई हुन्। निर्माण पक्षका अनुसार यो फिल्मको लगानी बजेट ५ करोड भन्दा माथीको हुनेको छ।

Leave A Reply

Your email address will not be published.