काठमाडौँ/
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमनागरिकको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा जाने बताएका छन।
पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका राम्रा कामको प्रचार गर्न आफू देशभर पुग्ने बताए । नागरिकको सुखदुःखका कुरा सुनेपछि पार्टीको रणनीति तय गर्ने उनको भनाई छ।
यसैगरी पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उनले पाँच दिनदेखिको छलफलमा गम्भीर रूपमा छलफल भएको बताए।
सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिस्ट पार्टीको पुनर्गठन निश्चित गर्ने पनि उल्लेख गरे ।