सुचना, समाचार र मनोरन्जन

‘लाग्छ कि लाग्दैन भिषा वरिलै’भन्दै आइन् शान्ती

काठमाडौं :

गायिका शान्तिश्री परियारको स्वर, नारायण रेग्मीको शब्द रचना, लक्ष्मण पोखरेलको संगीतमा तीज गीत ‘लाग्छ कि लाग्दैन भिषा वरिलै’ सार्वजनिक भएको छ।

मौलिक लोक भाकामा रमाईलो शैलिमा प्रस्तुत गरिएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। विदेश जान मरिहत्ते गर्ने छोरीलाई आमा आफ्नै देशमा केहि गर्न प्रेरित गर्ने कथामा निर्माण गरिएको गीतमा नायिका रिचा थापाको अभिनय रहेको छ।

गीतमा गायिका शान्तिश्री परियारलाई कमला पोखरेल, दिपा तामाङ मनिष राई, अप्सु योगीले गायनमा साथ दिएका छन् ।

Leave A Reply

Your email address will not be published.