सुचना, समाचार र मनोरन्जन

विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

काठमाडौँ/

सरकारले विद्युत् प्राधिकरणको सञ्चालक समितिमा ऊर्जा मन्त्रालयका पूर्वसचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउँदै कार्की र गुरुङलाई नियुक्त गरेको हो । आचार्य र पुनले उद्योगमा बिजुली जोड्न असहमति जनाएपछि ऊर्जामन्त्री दीपक खड्काले अस्ति शुक्रवार नै दुवै जनालाई बर्खास्त गरेर देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त भएका छन।

झन्डै आठ अर्ब रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेका ६ वटा उद्योगको बिजुली विद्युत् प्राधिकरणले काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा तत्कालै बिजुलीको लाइन जोड्न निर्देशन दिएपछि साउनको ७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर राज्यले पाउनुपर्ने अर्बौँ रुपैयाँ महसुल नबुझाएका उद्योगको लाइन जोड्न नहुने भन्दै सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.