सुचना, समाचार र मनोरन्जन
Sarangi

काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै

काठमाडौं /

काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन्।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् {राखेप}को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपरान्ह ३ बजे भारत र श्रीलंकाबीच हुँदैछ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपरान्ह ५: १५ बजेदेखि शुरु हुने छ।

यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ।

त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।

Leave A Reply

Your email address will not be published.