सुचना, समाचार र मनोरन्जन

गीताको ‘बजाउँदै चुरा’ मा प्रदीपको निर्देशन

काठमाडौं :

हरेक वर्ष रंगपत्रकार गीता अधिकारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसर पारेर गीत सार्वजनिक गर्दै आएकी छन्। उनले अघिल्ला वर्षसँगै यस वर्षपनि नारीलाई नचाउने गीत सार्वजनिक गरेकी हुन्।

उनले ‘बजाउँदै चुरा’बोलको भिडियो आफ्ना दर्शकमाझ पस्किएकी हुन्। उनको गीतलाई सारिका घिमिरेले गाएकी छन् भने योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ गरेका छन्।

Pach Pandav

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन्। गीतको भिडियोलाई प्रदीपकुमार रसाइलीले निर्देशन र कोरियोग्राफी गरेका छन्। सोमिक गौतमको सिनेमेटोग्राफी रहेको यस गीतकोभिडियोमा अमृत चापागाईंको सम्पादन एवम् कलर छ ।

गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता÷दर्शकमाझ आएका छन्।

उनले ‘बजाउँदै चुरा’ गीतलाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको बताईन्। आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनको भनाई छ। सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

Leave A Reply

Your email address will not be published.