सुचना, समाचार र मनोरन्जन

दर्शक भेट्न पोखराका हलहलमा मोदीबेनी टिम

काठमाडौं :

गत शुक्रवार रिलिज भएको फिल्म ‘मोदीबेनी’का निर्माण टिम देश दौडाहा लागेका छन्। उनीहरु दर्शकको प्रतिक्रिया बुझ्न हल हलमा पुगेको हुन्। बुधबार मोदीबेनी टिमका कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा पुगेका छन्। पोखराका विभिन्न हलहरूमा दर्शकको चाप देखेपछि निर्माण टिम उत्साहित बनेका छन्।

Pach Pandav

केहि दिन यता त्यहाँका दर्शकले कलाकार भेट्नको लागि माग राख्दै आएका थिए। सोही बमोजिम उनीहरु पोखरा आएका हुन्। पोखराका हलमा अभिनेत्री रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेका हुन्।

भरिभराउ दर्शक भेटेपश्चात् निर्देशक शङ्कर कोइरालाले दर्शकले फिल्मको ‘थ्रिलिङ पार्ट’लाई रुचाएको बताए। उनले बुधवार सीमित शो रहेको र भएका शो हरूमा टिकट नपाउँदा हुँदा केही दर्शक फर्किन बाध्य भएको समेत जानकराी दिए। उनका अनुसार दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गरेको देखिएको बताए। डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा प्रवीण खतिवडा,सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउवाला गौतम लगायतको पनि अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.