सुचना, समाचार र मनोरन्जन
Sarangi

किसानलाई रासायनिक मलबारे जानकारी दिन मन्त्रालयमा कल सेन्टर

काठमाडौँ/

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार मल आपूर्ति र वितरणलाई अझ पारदर्शी बनाउने बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको हो ।

उनका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर ०१–४२११४७६ मा कार्यालय समयभित्र फोन गरेर नजिकमा रहेको मल विक्रेताको विवरण प्राप्त गर्न सक्ने छन् ।

टोल फ्री नम्बरमा सम्पर्क गरेर नजिककै डिलरले प्राप्त गरेको मलको कोटा सम्बन्धी विवरण र उक्त डिलरले प्रत्येक दिन बिक्री गरेको मलको विवरण समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.