सुचना, समाचार र मनोरन्जन

ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक

काठमाडौं :

संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार नाग पञ्चमीको अवसर पारेर फिल्ममा समावेश गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ को भिडियो रिलिज भएको छ। यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारीले नाचेका छन्।

दुर्गेश थापाको संगीत निर्देशन, शब्दर रचना र एरेञ्ज रहेको यस गीतमा गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन्। पाश्र्व गायनमा उनको यो डेव्यु फिल्म हो। सार्वजनिक गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको देखिन्छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको हाइप निर्माण गर्ने विश्वास निर्माण टिमको छ ।

Pach Pandav

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म कार्यकारी निर्माता धनन्जय गलानी हुन्। सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिलमलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली फिल्म द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली फिल्म हो।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ। विजय वस्यालले पोस्टर डिजाइन गरेको फिलमलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.