सुचना, समाचार र मनोरन्जन
Sarangi

राजेश हमालसँग फिल्म खेल्दै नीति शाह

काठमाडौं :

भदौबाट फ्लोरमा जाने भनिएको फिल्म ‘नरसिंहाः अवतार’को अभिनेत्रीमा नीति शाह फाइनल भएकी छन्। निर्माण पक्षले नीतिसँग फिल्मका लागि साइन गरेको पुष्टि गरेपछि उनले फिल्म खेल्ने पक्का भएको हो। बुधबार मात्रै निर्माण पक्षले फिल्म ‘नरसिंहाः अवतार’का लागि अभिनेता राजेश हमाल फाइनल गरेको थियो। त्यसैले नीतिले राजेशसँग पहिलो पटक स्क्रिन सेयर गर्न लागेकी हुन्।

फिल्म ‘खजुरे ब्रो’पछि नीतिको हातमा फिल्म नै फिल्म देखिएका छन्। हालसालै उनले बसन्त निरौलाको ‘ज्वाइँ साव’मा अभिनय गरिसकेकी छन्। अब भने उनी यो फिल्मको तयारीमा जुटेकी छन्। यस पछि उनी रुखान लगायत केहि फिल्ममा काम गर्ने बुझिएको छ। एक्सन प्रधान फिल्म ‘नरसिंहाः अवतार’को स्क्रिप्टमा अहिले निर्देशक भट्टराईले काम गरिरहेका छन्।

पोखरा आसपासमा छायांकन हुने यस फिल्ममा अभिनेता हमालले ८ बर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने तयारी गरेका हुन्। निर्देशक भट्टराईको ‘मायावी’छायांकन सकिएर बसेको छ। प्रदर्शन मिति भने तय गरिएको छैन।

Leave A Reply

Your email address will not be published.