सुचना, समाचार र मनोरन्जन

‘वर एण्ड वधु’को प्रमोसनमा तीन पोस्टर रिलिज

काठमाडौं :

अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’को प्रमोसन बढेको छ। यहि क्रममा आगामी भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को एकसाथ तीन नयाँ पोस्टर रिलिज भएको छ। सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य अभिनेत्री शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

Pach Pandav

अर्को एक पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरूलाई राखिएको छ। मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ।

यसअघि यो फिल्मको दुई वटा गीत सार्वजनिक भइसकेका छन् । दुबै गीतलाई दर्शकले मन पराइरहेका छन्। एउटा गीतमा भने दर्शकले अभिनेताको नाचलाई एक्प्रेसनको आलोचना गरेका थिए।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा जानुका थापाको लगानी छ। प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल रहेका छन्। फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो फिल्मलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष अपेक्षित देखिएको छ।

Leave A Reply

Your email address will not be published.