सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा दाबेदार रहन्छ: नेता कोइराला

विराटनगर/

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको बताएका छन । २०८२ सालमा कांग्रेसको महाधिवेशन हुने नहुने टुंगो नभइरहेको बेला कोइरालाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

IVF Big

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अघिल्लो महाअधिवेशनमा पराजित निकटतम प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः दाबी रहने बताए । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा गरिरहेको पनि बताए ।

अर्को प्रसंगमा उनले कोशी प्रदेश सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको बताए । कोइरालाले मुलुकलाई स्थायित्व दिन ठुला दल मिलेको बताए ।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.