सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : सुरक्षा,विराज अभिनित ‘बुलाकी’

काठमाडौं :

गत वर्ष प्रदर्शनमा आएसँगै रोकिएको फिल्म ‘बुलाकी’ प्रदर्शनमा आएको छ। शुक्रबारबाट उक्त फिल्म प्रदर्शनमा आएको हो। छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा तयार भएको यस फिल्ममा अभिनेत्री सुरक्षा पन्त,अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख भुमिका रहेको छ।

Pach Pandav

साथै यस फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतको पनि अभिनय देख्न सकिन्छ।

शिव ढकालले खिचेको यो फिल्ममा राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशन रहेको छ। फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

Leave A Reply

Your email address will not be published.