सुचना, समाचार र मनोरन्जन

फिल्मको प्राविधिक काम नसकिदा ‘ह्रस्व दीर्घ’को प्रदर्शन रोकियो

काठमाडौं :

असोज ३ गते प्रदर्शनमा आउने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन रोकिएको छ। प्राविधिक कार्य नसकिएको भन्दै निर्माण टिमले हाललाई प्रदर्शन मिति स्थगित भएको जानकारी दिएका हुन्।

शुक्रबार फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले फिल्मको भारतमा पोष्ट प्रोडक्सनको काम भइरहेको र निर्धारित समयमा नसकिने हुँदा तोकिएको समयमा रिलिज गर्न असमर्थ रहेको जानकारी दिएकी हुन्।

उनले लेखेकी छन्,‘ निर्माण घोषणाको समयदेखि यहाँहरूले बहु–प्रतिक्षित बनाउनु भएको हाम्रो चलचित्र ’ह्रस्व दीर्घ’लाई दर्शक, शुभचिन्तक, चलचित्रकर्मी तथा मिडियाकर्मीले दिनुभएको स्नेह र साथप्रति कृतज्ञ छु । नेपाली चलचित्र क्षेत्रमा केहि नयाँ र भिन्न गर्ने सोचले नेपालीसँगै वलिउड र दक्षिण भारतीय चलचित्रका कलाकार र प्राविधिक जोडेर ठूलो जोखिमकाबीच हामी यो चलचित्र निर्माणमा जुटेका थियौं । निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा ’ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं ।’

Pach Pandav

उनले फिल्मका टिमसँगको सल्लाह गरेर फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्ने समेत जानकारी दिएकी छन्।

उनी लेख्छिन्,‘वितरण कम्पनिहरूसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नेछौं । यो सुचनाले यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’

चन्द्र पन्तको निर्देशनमा निर्माण भएको यो फिल्ममा नीताका अलवा ज्योतिष हरिहर अधिकारीसँगै दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.