सुचना, समाचार र मनोरन्जन

फिल्म ‘१२ गाउँ’को टिजरमा एक्सनमा विराट भट्टका छोरा समिर

काठमाडौं :

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ। निर्माण निमले शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरेको हो।

दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारी रहेको फिल्ममा अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु भएको छ। १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजर हेर्दा बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको यस फिल्मको सार्वजनिक टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ।
योद्धाको रुपमा देखिएका समीरको संवाद समावेश गरिएको छैन् । यो उनको डेव्यु फिल्म हो।

भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो फिल्मबाट नै आफुलाई एक्सन हिरोको रुपमा चिनाउने प्रयासमा देखिएका छन्। नेपाली फिल्म इतिहासकै उच्च स्तरीय एक्सन ‘१२ गाउँ’ दर्शकले हेर्न पाउने दाबी निर्देशक विराजको छ।

Pach Pandav

यहि फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन्। फिल्म विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । यो फिल्मलाई निर्देशक विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ।

Leave A Reply

Your email address will not be published.