सुचना, समाचार र मनोरन्जन

अनमोलको फिल्म ‘ जेरी अप टप’ लागि संगीतको खोजी

काठमाडौं  : अभिनेता अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘ जेरी अप टप’ फ्लोरमा जानको लागि तयार हुँदै गर्दा संगीतको खोजि गर्न थालिएको छ। निर्माण टिमले फिल्मको वर्कसपसँगै लोकेशनको खोजी सकेपछि फिल्मका लागि संगीत खोज्न थालेको हो। निर्माण कम्पनिले आवेदन समेत आह्वान गरेको छ ।

कुनैपनि सुन्दर सांगीतिक धुनबीना हरेक प्रकारका प्रेमकथा अपुरो हुने भन्दै निर्माण कम्पनि अनन्या फिल्मस्’ले यो फिल्मको थीममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अबसर प्रदान गर्दै सार्वजनिक आह्वान गरेको हो ।

Pach Pandav

इच्छुक जो कसैले पनि ’जेरी अन टप’को प्रेमिल पृष्ठभुमीमा रहेर संगीत तयार गरि यहि भदौ मसान्तसम्म अनन्या फिल्मस्’को आधिकारिक इ–मेल  [email protected]मा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिभावान जो कसैसँग पनि सहकार्यको लागि तयार रहेको उल्लेख गरेका छन् । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मको निर्माणमा न्यौपानेसँग दीपक भण्डारीले सहकार्य गरेका छन् । ’जेरी अन टप’लाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण अधिकार लिएको छ ।

Leave A Reply

Your email address will not be published.