सुचना, समाचार र मनोरन्जन

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको साधारणसभा सम्पन्न

पोखरा/

बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २६ औ साधारणसभा सम्पन्न भएको छ ।

एसोसियसनको साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले ब्यवसायीले आफ्नो ब्यवसायलाई सबल र सुदृढ गर्ने सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउदै अहिलेको समयमा ग्राहक र ब्यवसायी विच चित्र र चरित्र एउटै हुन सके मात्र सम्बन्धमा सुधार भई ब्यवसाय लामो समय सम्म टिकाइ राख्न सम्भव रहने बताए । बर्षेनि राज्यको एक खर्व भन्दा बढि रकम बाहिर गइरहेको भन्दै उहाँले आफ्नो धर्तिमा कर्म गर्दा अपमान हुने मनोविज्ञान युवाहरुले त्याग्न आग्रह गरे ।

पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफू सधैं व्यवसायीको साथमा रहेको बताउँदै व्यवसायीहरूले पनि महानगरपालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे । उनले लामो समय नवीकरण नभएका व्यवसाय २ वर्षको मात्र भुक्तानी गरेर नवीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

एसोसियसनका पूर्व अध्यक्ष एव‍ मानार्थ सदस्य केशव बहादुर खत्रीले व्यवसाय नविकरण र नयाँ व्यवसायीको ब्यवसाय दर्ता गर्ने प्रक्रिया सहज रूपमा गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गरे । मानार्थ सदस्य तथा पूर्व अध्यक्ष सुदीप ढकालले व्यवसायीहरु बिच एक आपसमा समन्वय गरी अगाडी बढ्न सके मात्र व्यवसायीहरुको व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने विचार व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले युबाहरु विदेश पलाइन भइरहेकाले सरकारले देशभित्रनै राख्ने कार्यक्रम ल्याउनुपर्ने बताए । पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले व्यवसायी र ग्राहकको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए ।

संस्थाका अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरचन, संस्थाका सल्लाहकारहरू जगनाथ ढकाल, माधव प्रसाद सिग्देल, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू, एसोसियसनका उपाध्यक्ष बुद्धिबहादुर कुँवर, सचिव थमनसिंह गुरुङ, कोषाध्यक्ष शान्ति श्रेष्ठ जोशीलगायतले बोलेका थिए ।
यसैबीच शुक्रराज माविका छात्रा शारदा बराल, सविना रानामगरलाई सम्मानपत्र र नगदले सम्मान गरियो । सभामा एसोसिएसनका उत्कृष्ट व्यवसायी पंकजकुमार अग्रवाल, पुराना व्यवसायी गीताकुमारी तिवारी, अमुल दास, नम्रता शाही, एसोसिएसनका आबद्ध व्यवसायीका छोराछोरीमध्ये प्लस टुमा उत्कृष्ट अंक ल्याएका दीपककुमार गुप्ता लगायतलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.