सुचना, समाचार र मनोरन्जन

केकी अधिकारीको ‘माइतै रमाइलो’ (भिडियो )

काठमाडौँ :

हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत ‘माइतै रमाइलो’को भिडियो सार्वजनिक भएको छ।

गीतकार शीतल कादम्बिनीको  शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ।

Pach Pandav

पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ ।

हरि लम्सालद्वारा संगीतबद्ध गीतको भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो निकेश खडका निर्देशित भिडियोमा हरि हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.