सुचना, समाचार र मनोरन्जन

फिल्म ‘सतीदेवी’को प्रिमियरमा धरधरी रोए सेलिब्रेटी

काठमाडौं :

शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘सतीदेवी’को प्रिमियरमा सेलिब्रेटी रोएका छन्। मंगलबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा पुगेका सेलिब्रेटी रोएका हुन्। लक्ष्मण सुवेदीको लेखन,निर्देशन तथा निर्माणमा बनेको फिल्ममा फिल्मीकर्मी, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

फिल्म हेरेका अधिकांशले फिल्मकोकथावस्तुको तारिफ गरे। फिल्मले समाजमा छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्यायको कथालाई पर्दामार्फत बोलेको छ।

फिल्म हेर्नका लागि अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, शोभित बस्नेत, नायकहरू सलिनमान बनियाँ, कुन्साङ बोमजोम, सलोन बस्नेत लगायतका फिल्मीकर्मीहरु हलमा पुगेका थिए। सोही क्रममा फिल्म हेर्न माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि पुगेकी थिइन्। फिल्ममा मलिका महत मुख्य भूमिकामा छन्।

Leave A Reply

Your email address will not be published.