सुचना, समाचार र मनोरन्जन

मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं,

नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो ।

Chaka Panja

धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि भक्तजन बढेको समितिले जनाएको छ । फूलपाती, अष्टमी र नवमीमा मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ ।

मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन मौलाकालिका पुग्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.