सुचना, समाचार र मनोरन्जन

मर्स्याङ्दी दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा पठाइयो

तनहुँ/

तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा पठाईएको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएका २७ जनाको शव परीक्षणका लागि पोखरा लैजान लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको थियो । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।

यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.