सुचना, समाचार र मनोरन्जन

वडा नं. ८ मा डेंगी खोज र नष्ट गर अभियान

पोखरा/
नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र ने.रे.सो. कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम खोज र नष्ट गर अभियान पो.म.न.पा. वडा नं. ८ मा संचालन भएको छ ।

Pach Pandav

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीका अनुसार भाद्र ५ गते सम्म कास्कीमा कुल ९७९ जनामा डेंगी संक्रमण देखिएको जसमा २ जनाको मृत्यू समेत भइसकेको र सबैभन्दा धेरै संक्रमित भएको वडामा पो.म.न.पा. वडा नं. ८ पनि परेकाले यस वडामा डेंगीले महामारीको अवस्था सृजना नगरोस् भन्नका लागि उक्त अभियान संचालन गरिएको कुरा नेपाल रेडक्रस सोसाइटी, पोखरा–८ उपशाखा अध्यक्ष सीता पाण्डेले बताए ।

डेंगीबाट वडा नं. ८ मा १५७ जना, वडा नं. ५ मा ८६ जना, वडा नं. ७ मा ३७ जना र वडा नं. १७ मा ३५ जना संक्रमित भसकेका छन् । त्यसैगरी डेंगी खोज्ने तथा नष्ट गर्ने अभियानमा पोखराका अन्य वडाहरुमा सशस्त्र प्रहरी, स्थानिय समुदाय तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा डेंगी सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.