सुचना, समाचार र मनोरन्जन

छाडा गीतलाई विष्णुमाझीको ‘आइन आमा यो तीजमा’ले लगायो किनारा

काठमाडौं :

छाडा गीतले युटुब तथा सामाजिक सामाजिक सञ्जाल भरिएको समयमा गुमनाम गायिका बिष्णुमाझीले तीजकै लयको गीत सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमा विष्णु माझीको गीत नआउन्जेल तीज लागेको महसुस हुँदैन भन्दै आएको समयमा उनले ‘आइन आमा यो तीजमा’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

Pach Pandav

उनले गाएका अधिकांश गीतहरु हिट छन्। एउटा गीतको नै पाँच लाख लिदै आएकी गायिका माझीले आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने खाल्का गीतहरु तीजमा सार्वजनिक गर्दै आएकी छन्।

यस पटक सार्वजनिक गरेको यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ। २४ घण्टामा यो गीतलाई १४ लाख भन्दा बढि दर्शकले युटुबमा हेरिसकेका छन् भने एक लाख १६ हजारले लाइक गरेका छन्। त्यस्तै आफ्नो प्रतिक्रिया दिनेको संख्या १३ हजार भन्दा माथी छ।

माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत रहेको यो गीतलाई स्रोताहरुले अत्यधिक मन पराएका छन्। उनले ११ महिनापछि ल्याएको यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो।

Leave A Reply

Your email address will not be published.