सुचना, समाचार र मनोरन्जन

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)

काठमाडौं :

कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ। यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन्।

अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’,‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन्।

Pach Pandav

पिर हरिदेउ’ भजन काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायांकन गरिएको हो। भजनको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रुपमा गरेका छन्।

भजनको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।

Leave A Reply

Your email address will not be published.