सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार अर्जुन पोखरेलको समूह घरदैलोमा

पोखरा/

पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २८ र २९ गते हुने ७० औं अधिवेशन तथा ३५ औं महाधिवेशनका लागि अर्जुन पोखरेल समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलोमा निस्केको छ ।

 

पोखरेल समूहले व्यवसायिक समुदायलाई बलियो बनाउन र उनीहरूको हितमा कार्य गर्न महत्ववपूर्ण योजनाहरू प्रस्तुत गर्दै आफ्नो प्यानल खडा गरेको छ । अर्जुन पोखरेल समूहका उम्मेदवारहरू अर्जुन पोखरेल अध्यक्ष, उत्तममान बुद्धाचार्य वरिष्ठ उपाध्यक्ष, दिनेशचन्द्र बास्तोला उपाध्यक्ष (उद्योग), बलराम आचार्य उपाध्यक्ष (वाणिज्य) शोभा गौतम महासचिव, मनोजकुमार श्रेष्ठ कोषाध्यक्ष, बालकृष्ण कोइराला उपमहासचिव पदका उम्मेदवार छन् भने कार्यसमिति सदस्य पदका उम्मेदवारहरू दिलिपकुमार श्रेष्ठ, भीम गौतम, जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, सौगात थापा, देवेन्द्र प्रजू, टिकाराम सुवेदी (माधव) ललितबहादुर कुँवर, दूधमान (आशिष) गुरुङ, यादव पोखरेल रहेका छन् ।

व्यवसायीहरूको मनोबल र संघको सशक्तीकरणका लागि अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायीहरूको साझा संस्था बनाउन र व्यवसायीहरूको मनोबल बढाउन आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । हाल व्यवसायीहरूले भोगिरहेका समस्याहरू जस्तै घरभाडा, तलब, ब्याज र करको भारीलाई सम्बोधन गर्दै, पोखरेलले संघले यसका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरेलका अनुसार, कृषि, पर्यटन, र अन्य उद्योग क्षेत्रमा मन्दी देखापरेको छ, जसले व्यवसायीहरूलाई थप चुनौतीहरू दिएको छ । संघको नेतृत्वमा यी चुनौतीहरूको समाधान गर्न पोखरेलले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गरेका छन् । पोखरालाई आर्थिक गतिविधिको केन्द्र बनाउने योजना ः पोखरेलले पोखरालाई जिवन्त सहर र आर्थिक गतिविधिको केन्द्र बनाउने लक्ष्यसहित, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको आवश्यकता र जीर्ण अवस्थाका राजमार्गहरूको मर्मत सम्भारका लागि संघको सक्रिय भूमिका हुने बताएका छन् ।


पूर्व अध्यक्षहरूको समर्थनमा पोखरेलको विश्वास ः पोखरेलले पूर्व अध्यक्षहरूको समर्थन प्राप्त गर्दै आफूले विजयी हुनेमा पूर्ण विश्वास व्यक्त गरेका छन् । पोखरेलले भने, ‘अग्रजहरूबाट प्राप्त समर्थनले हाम्रो समूहलाई थप सशक्त बनाएको छ,’ उनको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था बन्ने र समुदायलाई आवश्यक सहयोग प्रदान गर्नेमा पूर्ण प्रतिबद्ध रहेको छ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा अर्जुन पोखरेल समूहले व्यवसायीहरूको मनोबल वृद्धि गर्न, उनीहरूलाई सशक्त बनाउन, र पोखरालाई आर्थिक गतिविधिको केन्द्र बनाउने लक्ष्यसहित सशक्त रूपमा अघि बढेको छन् । व्यवसायिक समुदायमा नयाँ आशा र उर्जा ल्याउन पोखरेल समूहको यो प्रयास सराहनीय रहेको छ ।

अर्जुन पोखरेल समूहले व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य संघलाई सशक्त बनाउन प्रतिबद्धता जनाएको छ । उनीहरूले व्यववसायिक वातावरणलाई सुधार्न, आर्थिक गतिविधिलाई प्रवर्धन गर्न, र व्यवसायीहरूको मनोबल बढाउन महत्वपूर्ण योजना प्रस्तुत गर्दै घरदैलोमा जुटिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.