सुचना, समाचार र मनोरन्जन

नेपाली चलचित्र ‘बर एण्ड बधु’ को रेड कार्पेट प्रीमियर शो पोखराको मिडटाउनमा

पोखरा/

बहुचर्चित अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ का निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘बर एण्ड बधु’ को भव्य रेड कार्पेट प्रीमियर शो पोखराको मिडटाउनमा सम्पन्न भएको छ। प्रीमियर शोमा चलचित्रका प्रमुख कलाकारहरू आँचल शर्मा, नव नायक विवेक कर्माचार्य, र अन्य कलाकारहरूको साथमा निर्देशक मिलन चाम्स  को  उपस्थिति रहेको थियो।

रेड कार्पेटमा कलाकारहरूले आकर्षक पहिरनमा सजिएर उपस्थित हुँदा कार्यक्रम स्थलमा भव्यता र रौनक छाएको थियो। कार्यक्रममा निर्देशक मिलन चाम्सले चलचित्रको विषयवस्तु र निर्माणका क्रममा भएका अनुभवहरूलाई दर्शकहरूसँग बाँडे। उनले ‘बर एण्ड बधु’ रोमान्टिक लभ स्टोरीमा आधारित रहेको र युवा पुस्तालाई लक्षित गर्दै बढी ग्ल्यामर र मनोरञ्जनात्मक बनाइएको जानकारी गराए।

Pach Pandav

चलचित्रका मुख्य अभिनेत्री आँचल शर्माले पनि आफ्नो भूमिकाबारे धारणा राख्दै, चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन्। नव नायक विवेक कर्माचार्यले यो चलचित्र आफ्नो करियरको सुरुवातका लागि महत्वपूर्ण रहेको बताउँदै दर्शकहरूसँग प्रेम र समर्थनको अपेक्षा गरे।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने छायांकन रोमानियाका सुन्दर लोकेसनमा गरिएको छ। छायाकार रवीन्द्र न्यौपाने, अनिश स्याङ्देन, र डिओपी सुदीप बरालले चलचित्रका दृश्यहरूलाई अत्यन्तै आकर्षक बनाएका छन्।

रेड कार्पेट प्रीमियरमा नेपाली चलचित्र उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू, मिडिया प्रतिनिधिहरू, र दर्शकहरूको उत्साही उपस्थिति रहेको थियो। ‘बर एण्ड बधु’ को यस भव्य प्रीमियर शोले चलचित्रलाई अझ धेरै चर्चा र लोकप्रियता दिलाउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.