पोखरा/
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलको नेतृत्वमा घरदैलो अभियान तिव्र रूपमा अघि बढिरहेको छ। पोखरेल र उनको टोली व्यवसायीहरू, पसल मालिकहरू, र आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिइरहेका छन्।
अर्जुन पोखरेलले आफ्नो अभियानका क्रममा व्यवसायीहरूको मनोबल बढाउने, घरभाडा, तलब, ब्याज, र करको समस्याहरूलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। यस घरदैलो अभियानले पोखराको आर्थिक विकास र व्यवसायिक वातावरण सुधार गर्न महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अर्जुन पोखरेलको यो पहललाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिएको छ, जसले आगामी महाधिवेशनमा पोखरेल समूहको पक्षमा वातावरण निर्माण गरिरहेको छ। पोखरेलको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघलाई सशक्त र व्यवसायमैत्री बनाउन ठोस योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ ि