सुचना, समाचार र मनोरन्जन

‘वर एण्ड वधु’ को रेड कार्पेट प्रिमियर जे देखियो

काठमाडौँ :

पोखरामा भव्य प्रिमियर गरिएको फिल्म ‘वर एण्ड वधु’ को काठमाडौंमा पनि गरिएको छ। बुधबार साँझ लबिङ मल ललितपुरमा निर्माण टिमले भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न गरेको हो।

कार्यक्रममा निर्देशक मिलन चाम्ससहित मुख्य कलाकारहरू आँचल शर्मा, नयाँ अभिनेता विवेक कर्माचार्य, किरण केसी तथा अन्य कलाकारहरूको उपस्थिति रहेको थियो। शुक्रबारबाट हलमा लाग्ने यो फिल्मको प्रिमियरमा कार्यक्रमको स्थान कलात्मक सौन्दर्य र भव्यताले झल्किएको थियो भने कलाकारहरूले आकर्षक पहिरनमा सजिएर रेड कार्पेटमा उपस्थित भएका थिए। कार्यक्रममा निर्देशक मिलन चाम्सले कलाकार र उपस्थिति पाहुनाहरुलाई रेड कार्पेटमार्फत हलमा प्रवेश गर्न आग्रह गरिरहेको देखिन्थेँ।

उनले पत्रकारसँग कुराकानी गर्दै फिल्मको विषयवस्तु र निर्माणको क्रममा भएका अनुभवहरू दर्शकहरूसँग बाँडे। उनले वर एण्ड वधु’ एउटा रोमान्टिक प्रेम कथामा आधारित रहेको र युवा पुस्तालाई लक्षित गरी यसलाई अझै ग्ल्यामर र मनोरञ्जनात्मक बनाइएको बताए। उनी सेलिब्रेटीको सकरात्मक समिक्षात्मक रुपमा सुनाउँदा निकै उत्साहित देखिन्थेँ।

यता फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माले पनि उस्तै थिइन्। साँढे ४ बजेदेखिको कार्यक्रम भनिए पनि उनी ६ बजे तिर रेड कार्पेटमा प्रवेश गरेकी थिइन्। उनी आएको निकैबेरपछि अर्थात ७ बजेबाट कार्यक्रम सुरु भएको थियो।

अभिनेत्री शर्माले फिल्म हेरिसकेपछि यो फिल्ममा काम गर्न पाएकोमा आफ्नो खुशी व्यक्त गर्दै आफ्नो भूमिकाको बारेमा आफ्नो विचार राखिन्। यहि फिल्मबाट अभिनेतामा डेब्यु गरेका विवेक कर्माचार्यले यो फिल्म आफ्नो करियरको सुरुवातका लागि महत्वपूर्ण भएको बताउँदै दर्शकहरूको माया र समर्थनको अपेक्षा गर्ने बताए।

प्रदीप भण्डारीले कथा लेखेको यो फिल्मको सिनेमाटोग्राफर रविन्द्र न्यौपाने, अनिश स्याङदेन, र डिओपी सुदीप बरालले फिल्मका दृश्यहरूलाई अत्यन्त आकर्षक बनाएका छन्। फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्यका अलवा किरण केसी,कुशुम शर्मा,रविन्द्र खड्का,विजय लामा,हिमेश पन्त,सीता न्यौपाने लगायतले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.