सुचना, समाचार र मनोरन्जन

 तारानाथ पहारी पोखरा पर्यटन परिषद्को सर्वसम्मत अध्यक्षमा निर्वाचित

पोखरा/

२४ औँ साधारणसभा तथा १३ औँ अधिवेशनको अवसरमा पोखरा पर्यटन परिषद्ले तारानाथ पहारीलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा चयन गरेको छ। पहारी, गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष समेत हुन्।

Chaka Panja

सदस्य पदमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, नीम मगर, जीवन सापकोटा र नारायण सुवेदी निर्वाचित भएका छन्। परिषद्का अध्यक्षको जिम्मेवारीमा रहेका पहारीलाई तीन जना सदस्य मनोनित गर्ने अधिकार पनि दिइएको छ।

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरेका थिए। कार्यक्रममा, संस्थाका वर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा, पोखराका ख्यातिप्राप्त पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई विशेष सम्मान प्रदान गरियो।

परिषद्ले आगामी वर्षका लागि पर्यटन प्रवर्द्धन र विकासका विविध योजना अघि बढाउने योजना बनाएको छ, जसमा पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई थप प्रख्यात गराउने उद्देश्य रहेको छ।

Leave A Reply

Your email address will not be published.