सुचना, समाचार र मनोरन्जन

एक्टरको पहिलो पोस्टर आलोचित भएपछि निकालियो प्रदीप मात्रै राखेर दोस्रो लुक्स

काठमाडौं :

फिल्म ‘एक्टर’का मुख्य अभिनेता प्रदीप खड्काको पहिलो पोस्टर सार्वजनिक भएको केहि दिनमा अर्को पोस्टर सार्वजनिक भएको छ। अघिल्लो पोस्टरको आलोचना खेपेको पोस्टरले दोस्रो पोस्टरमा भने ठिकै देखिएको छ।

Chaka Panja

अघिल्ला पोस्टरमा प्रदीप पाँच भिन्न चरित्रमा प्रस्तुत थिए। त्यो आलोचित भएपछि यसपटक पनि प्रदीप मात्र प्रस्तुत छन्। उनलाई निर्माण पक्षले घाइते अवस्थामा प्रस्तुत भएका छन्। अनुहारभरि चोटैचोट। घाँटीबाट रगत चुहिरहेको, कालो टिसर्ट र लामो कपालमा देखिएका छन्।

आगामी कात्तिक १५ गते अर्थात लक्ष्मीपूजाबाट प्रदर्शन हुन लागेको यस फिल्मलाई राजन भुसालले निर्देशन गरेका छन्। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा प्रदीपसहित आना शर्मा, राजवल्लभ कोइराला, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता थमन कुमार भण्डारी हुन्।

Leave A Reply

Your email address will not be published.