सुचना, समाचार र मनोरन्जन

फिल्म ‘खजुरे ब्रो’बाट नीति शाहलाई फलिफाप : एकपछि अर्को फिल्ममा व्यस्त

काठमाडौं :

अभिनत्री नीति शाहको पहिलो फिल्म हो ‘खजुरे ब्रो’। उनले निकै अपेक्षा गरेको पहिलो फिल्म बक्स अफिसमा कमजोर बन्यो । तर उनले फिल्ममा अभिनय गर्ने हिम्मत हारिनन्। उनले अगाडि निकै फिल्ममा खेल्ले र अनुबन्ध भएका समाचार आए पनि उनको फिल्मतर्फको डेब्यु फिल्म खजुरे ब्रो नै हो।

Pach Pandav

डेब्यु फिल्मबाट नै उनलाई निकै लक लागेको छ। उनी एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन्। उनी अभिनित फिल्म ‘ज्वाइँ साब’प्रदर्शनको सघारमा छ। आगामी असोज २४ गते उनले अभिनय गरेको यो फिल्म प्रदर्शनमा आउदैछ। यो फिल्मबा उनी निकै उत्साहित रहेकी छन्। पहिलो फिल्ममा त्यति परिचित अनुहारसँग काम नगरेता पनि उनले अनुभव बटुलेकी थिइन्। त्यही अनुभवलाई उनले दोस्रो फिल्ममा उपयोग गरेकी छन्। नेपाली फिल्मको अभिनेत्रीमा उनको उदय निकै आस लाग्दो देखिएको छ।

किनभने उनले एकपछि अर्को फिल्ममा अभिनय गरिरहेकी छन्। केहि समय अघि फिल्म ‘ज्वाइँ साब’को सुटिङ सकेकी उनी अब दीवाकर भट्टराईको फिल्म ‘नरसिंहाः अवतार’ मा अनुबन्ध भएकी छन्। यो फिल्ममा उनले अभिनेता राजेश हमालदेखि अहिलेका राज कटुवालसम्मका कलाकारसँग अभिनय गर्ने छिन्। उनको अभिनयको तारिफ यतिबेला नेपाली फिल्मक्षेत्रमा भइरहेको छ।

उनी यो फिल्मपछि अन्य दुई फिल्ममा अनुबन्ध भएकी छन्। चल्तीका अभिनेत्रीहरु घरमा बसिरहेको अवस्थामा उनका हातमा फिल्म नै फिल्म रहेका छन्। उनी यो वर्ष भरि नै फिल्मको सुटिङमा व्यस्त हुने निश्चित देखिन्छ। जे होस् उनलाई डेब्यु गर्न गाह्रो,गरिसकेपछि फिल्मको कामको चटारो भन्दा फरक नर्पा। किनभने उनी यतिबेलाको व्यस्त अभिनेत्री हुन्।

Leave A Reply

Your email address will not be published.