सुचना, समाचार र मनोरन्जन

बीमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

पोखरा/

बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान भएका छन् ।

स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका(७ बस्न‍े ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् ।

कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो ।उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.