सुचना, समाचार र मनोरन्जन

दुर्गेशको अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ

काठमाडौं :

तीजको अवसरमा गायक, संगीतकार दुर्गेश थापाले आफ्नो चर्चित गीतको सिक्वेल दर्शकश्रोतामाझ आएका छन्। उनले हरेक वर्ष निरन्तरता दिदै आएको तीज गीत ‘बीच्च बीच्चमा’को भाग ७ दर्शकमाझ आएका हुन्। उनले यो सिरिजमार्फत बीट मार्ने घोषणा यस अघि नै गरिसकेका छन्।

जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान दर्शाएका छन्। एक महिना अघि नयाँ बानेश्वरमा उनको गीत रिलिजका क्रममा दुर्गेश सुध्रिएको भन्दै उनले यो अन्तिम गीत स्रोतामाझ ल्याउने घोषणा गरेका थिए। उनले ‘झुम्का हरायो’ बोलको गीतमा आफु पाको हुँदै गएकाले छाडा लाग्ने खाल्का गीत नगाउने घोषणा गरेका थिए।

Pach Pandav

उनले आफ्नै निर्देशनमा यो गीतमो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफुलाई उभ्याउने कोसिस गरेका छन्।

मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामाले अभिनय गरेका छन्। यो गीतमा शब्द, संगीत, स्वर दुर्गेश एक्लैको रहँदा एरेञ्ज शाहष शाक्यको र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ। मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ ।

Leave A Reply

Your email address will not be published.