सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरपालिका-१५ : सांस्कृतिक जागरण र विकासमा नेतृत्वदायी भूमिका

पोखरा : पोखरा महानगरपालिका वडा नं. १५ ले यसपटक तीज गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। प्रतियोगीतामा स्थानीय कलाकार र प्रतिभाहरूलाई आफ्नो कला प्रस्तुत गरेका छन्।

वडाअध्यक्ष तोरण बहादुर बनियाँका अनुसार पछिल्ला केही वर्षहरूमा न केवल भौतिक विकासमा महत्वपूर्ण सफलता हासिल गरेको छ। सांस्कृतिक र सामाजिक चेतनाको प्रवर्द्धनमा पनि अग्रणी भूमिका खेल्दै आएको बताए। ‘विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना मार्फत् वडाले सामुदायिक एकता र सद्भाव बढाउने प्रयास गरिरहेको छ। कुशल नेतृत्व र संकल्पले गर्दा यस्ता कार्यक्रमहरू सम्भव भएका छन्’, उनले भने।

अध्यक्ष बनियाँले वडाले सदैव जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै आएको बताए। दूरदर्शिता र नेतृत्व क्षमता मार्फत वडाले आफ्नो क्षेत्रलाई सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले एक उदाहरणीय वडा बनाउन सफल भएको दाबी गरे।

‘संस्कृति संरक्षण र मातृशक्ति सशक्तिकरणको ध्येयका साथ आयोजित यस तीज गीत प्रतियोगितामा हजारौं आमा दिदीबहिनीहरूको उत्साही सहभागिता देखियो। यस प्रकारका कार्यक्रमहरूले हाम्रो मौलिक पहिचानलाई जोगाउन, युवा पुस्तामा सकारात्मक ऊर्जा र प्रेरणा भर्नका साथै समाजमा एकता र सहकार्यको भावना फैलाउन मद्दत पुर्याउँछन्’, उनले भने।

कार्यक्रमलाई सफल बनाउन साथ दिने सम्पूर्ण व्यक्तिहरू र संस्थाहरूलाई वडाको तर्फबाट उनले आभार प्रकट गरे।’हामीले जनताको आवाजलाई सधैं प्राथमिकता दिँदै सामुदायिक विकासका लागि निरन्तर प्रयासरत रहने प्रण गर्दछौं’, उनले भने।

 

 

 

Leave A Reply

Your email address will not be published.