सुचना, समाचार र मनोरन्जन

अमेरिकामा सारंगा र मुकेशले रिबन काटे, नमस्ते फर्निचर अब हेरिसबर्गमा

अमेरिका/

अमेरिकाको टेक्सस राज्यको डालसमा रहेको नेपाली समुदायको पहिलो फर्निचर स्टोर “नमस्ते फर्निचर” ले पेन्सलभेनिया राज्यको राजधानी हेरिसबर्गमा आफ्नो आउटलेट विस्तार गरेको छ। हेरीसबर्गको Union Square plazza मा स्थापना गरिएको “ नमस्ते फर्निचर हेरीसबर्ग” को यसै साता एक समारोहका बिच ग्रान्ड ओपनिङ गरिएको हो।

गुरु पुरोहितले विधिपूर्वक पूजा आराधना गरेपछि कलाकार तथा जनप्रतिनिधिहरूले रिबन काटेर आउटलेटकोसमुद्घाटन गरेका थिए। नेपाली चलचित्र जगतकी एक समयकी चर्चित नायिका सारंगा श्रेष्ठ , अमेरिकामानै रहेका नायक मुकेश ढकाल , सुस्केहन्ना टाउनसिप कमिसनर फ्रेड फेलोना र भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निौलाले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेको सो समारोहमा अतिथिहरुले नेपाली समुदायबाट फर्निचर स्टोर खोलिनु सुखद भएको भन्दै शुभकामना दीएका थिए।

नमस्ते फर्निचर ह्यारिसबर्गमा ह्यारिसबर्गकै बासिन्दा भवानी महत , टेक्सस बासिन्दा सञ्चारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको साथमा बल्लभ पौडेल र रोशन घिमिरेको संयुक्त लगानी रहेको छ । सो अवसरमाउच्च गुणस्तरीय फर्नीचर सुपथ मुल्य उपलब्ध गराऊने उद्देश्य सहित नेपाली समुदाय रहेका विभिन्न शहरहरुमा स्टोर विस्तार गर्ने लक्ष अनुरूप अब छिट्टै अर्को शाखा ओहायोमा खोल्न लागीएको पनि जानकारी गराईएको थियो।

Leave A Reply

Your email address will not be published.