सुचना, समाचार र मनोरन्जन

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं :

गायक नमराज ढुङ्गाना र गायिका सरिता भारतीको युगल स्वरमा काठे लोकदोहोरी गीत ‘नगर दोमन’ दर्शकमाझ आएको छ। गायक नमराज ढुङ्गानाकै अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो। यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेको यो गीतलाई गायक नमराजले नै संगीत भरेका छन्।

विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ। यो गीतको भिडियोमा गायिका अभिनेता गजित बिष्ट र गायिका सरिता भारती शिर्ष भूमिकामा छन्। यस अघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ।

Pach Pandav

भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुङ्गानाले पनि अभिनय गरेका छन्। भिडियोलाई सञ्चारकर्मी तथा निर्देशक डब्बु क्षत्रीले निर्देशन गरेका हुन्।

सुवास सुवेदीको छायाँकन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा रहेको छ। सय भन्दा बढी काठे गीत गाएका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो। यसअघि असारैमास लोक दोहोरी काठे गीत ल्याएकी गायिका सरिताको यो दोश्रो काठे भाकाको दोहोरी गीत हो।

Leave A Reply

Your email address will not be published.