सुचना, समाचार र मनोरन्जन

इन्जिनियर्स एसोसिएसन चुनावमा प्रगतिशील समूहको उम्मेदवारी: गण्डकीमा जितको दाबी

पोखरा/

नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)को भदौ २८ गते हुने चुनावमा प्रगतिशील र लोकतान्त्रिक प्यानलको उत्साहजनक प्रतिस्पर्धा देखिएको छ। गण्डकी प्रदेशमा महेन्द्रबहादुर गोदार नेतृत्वको प्रगतिशील इन्जिनियरहरूको समूहले चुनावी अभियानलाई तीव्र बनाउँदै अधिकांश इन्जिनियरहरूको सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

गोदारको सभापतित्वमा चुनावी मैदानमा होमिएको संयुक्त प्रगतिशील समूहले ‘विचारभन्दा माथि, सबै इन्जिनियर साथी’ भन्ने नारालाई आत्मसात गर्दै चुनावी अभियान सञ्चालन गरेको छ। इन्जिनियरहरूले उनीहरूको यो दृष्टिकोणलाई सकारात्मक रूपमा लिँदै जित्ने सम्भावना बलियो बनाएको प्रतिक्रिया दिइएको छ।

यस समूहले उपाध्यक्षमा कृष्ण रिजाल, सचिवमा आनन्द भट्टराई, सहसचिवमा अस्मिता खनाल, र कोषाध्यक्षमा सोभित श्रेष्ठको उम्मेदवारी प्रस्तुत गरेको छ। साथै, केन्द्रीय सदस्यका उम्मेदवार रामचन्द्र पोखरेल (आरसी) सहितका अन्य प्रदेशका सदस्यलाई जिताउन अपिल पनि गरिएको छ।

गण्डकी प्रदेशमा १ हजार ५५१ इन्जिनियर मतदाताहरू छन्, जसले प्रगतिशील समूहको सक्षम नेतृत्वलाई पेशागत हित र संस्थागत विकासका लागि उपयुक्त ठहराएका छन्। लामो समयदेखि इन्जिनियरिङ पेशामा लागेका उम्मेदवारहरूलाई मतदाताहरूले समस्या समाधान र नयाँ पुस्ताको आवश्यकता बुझ्ने उत्कृष्ट नेतृत्वका रूपमा स्वागत गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.