सुचना, समाचार र मनोरन्जन

दीपकदीपाको आईएनआई सिनेमाज हलको एकवर्ष पुरा,‘छक्का पञ्जा ४’हेर्नलाई लाग्दैन शुल्क

काठमाडौं :

दीपकराज गिरीको टिमले नर्मिाण गरेको मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले एक वर्ष पुरा गरेको उपलक्षमा निःशुल्क फिल्म हेर्न पाइने भएको छ। भोली शनिबार नयाँ बानेश्वरस्थित हलमा ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गरिने भएको छ। दीपकराज गिरी,दीपाश्री निरौलाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो।

Pach Pandav

दीपकदीपाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने छन्। उनीहरुका अनुसार बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुने दीपकले जनाएका छन्।

शुक्रबारदेखि आइतबारसम्म अन्य फिल्म हेर्दा दर्शकले निःशुल्क पपकर्न पाउनेछन् भने लक्की ड्रमा समावेश भएर ५० जना दर्शकले आकर्षक पुरस्कार जित्न सक्ने जनाइएको छ। ‘छक्कापञ्जा ४’ गतवर्षकै हिट फिल्ममा परेको थियो। यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरेको यसमा शीर्ष भूमिका रहेको छ । यहि टिमको आउँदो दशैंको फूलपातिमा ‘छक्कापञ्जा’को पाँचौ श्रृंखला रिलिज हुँदैछ। अहिले निर्माण टिमले यो फिल्ममा समावेश हुने एक गीतको समेत छायांकन सकाएको छ।

Leave A Reply

Your email address will not be published.